बिएल संवाददाता
मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै सरकारले मुलुकमा विध्वंस मच्चाएको आरोप लगाएका छन्।
सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंले आफूलाई अरूको घर वा देश जलाउने राजनीतिमा कुनै रुचि नरहेको स्पष्ट पारे।
उनले भने, ‘मलाई तिमीहरूको जस्तो धन्दुकारी गर्नु पनि छैन। देश जलाउन पनि छैन, सिंहदरबार जलाउनु पनि छैन। म अर्काको घर जलाउ भनेर त जान्नँ। तिमीहरूले यत्रो जलाएर आउँदा पनि जनतालाई खुसी बनाएको भए हुन्थ्यो नि त।’
देशको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले नेपालमा राजसंस्था र शाह वंशको भूमिकाविना राष्ट्रियताको जगेर्ना हुन नसक्ने दाबी गरे। आफूलाई कसैले कुनै बाह्य शक्ति वा सङ्गठनसँग जोडेर प्रचार गर्ने गरेको भन्दै उनले त्यसको खण्डन गरे। वर्तमान सरकार र नेतृत्वको अदूरदर्शी नीतिका कारण देशको अर्थतन्त्र तहसनहस भएको र युवाहरू विदेशिन बाध्य भएको उनको भनाइ छ।
प्रसाईंले बैंकहरूमा अरबौँ रुपैयाँ थुप्रिए पनि स्पष्ट भिजन र शान्ति–सुरक्षाको वातावरण नभएका कारण बाह्य तथा आन्तरिक लगानी आउन नसकेको बताए। देशका समसामयिक राजनीतिक मुद्धाहरूमाथि कडा टिप्पणी गर्दै उनले जनताले वर्तमान शासकहरूको विकल्प खोज्ने बेला आइसकेको उल्लेख गरे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया