बिएल संवाददाता
मौसमी परिवर्तनसँगै ‘मौसमी’ फ्लूका बिरामीहरू बढ्न थालेका छन्। चिकित्सकहरूले यस्तो समयमा स्वास्थ्य सजगकता अपनाउन सुझाव दिन्छन्।
हुम्लाको दक्षिणी भेगमा अदानचुली गाउँपालिकामा गएको शनिबारदेखि मौसमी फ्लुका बिरामीको संख्या बढेको छ।
योसँगै त्यहाँका स्वास्थ्यकर्मीले मौसमी फ्लुको प्रकोप रोक्नको लागि लौठी स्वास्थ्यचौकीले शिविर सञ्चालन गरेका थिए।
तर, शिविर सञ्चालन गरेपछि सामान्य रुपमा नियन्त्रणमा आएपनि सोही वडाकै पाल्स, काँखे बारीगाउँ र करगहीमा नयाँ बिरामी देखा परेको लौठी स्वास्थ्यचौकीका प्रमुख नवराज भण्डारीले बताए।
‘स्वास्थ्य शिविरमा १ सय ४९ जना बिरामीको उपचार गरिसकेको छ,’ भण्डारीले भने, ‘बिरामीले स्वास्थ्य संस्था भरिएपछि बहिरंग सेवाबाट उपचार गरिरहेको छ।’
उनकाअनुसार बिरामीको संख्या बढेपछि बेड पुगिएको छैन। विरामीलाई जसोतसो भुँइमा राखिएर सेवा दिइरहेका छन्।
त्यहाँ मात्रै होइन अदानचुली गाउँपालिका केन्द्रकै श्रीनगर स्वास्थ्यचौकीमा पनि केही दिनदेखि बिरामीको चाप बढेको त्यहाका चिकित्स बताउँछन्।
एक दिनमा ५० देखि ८० जना बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्यचौकीका निमित्त इन्चार्ज जैसीले बताए। ‘अहिले स्वास्थ्यचौकीमा औषधि पर्याप्त मात्रामा छ,’ उनले भने ‘रोग फैलिए पनि रोग नियन्त्रका लागि गाउँपालिकाले औषधि पुर्याइएको छ।’
एकजना चिकित्सले बिरामीलाई सेवा दिन हम्मेहम्मे भएको जैसी बताउँछन्।
‘एकजना मात्र स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन्’, उनले भने, ‘अरु स्वास्थ्यकर्मी तालिमका लागि बाहिर जानु भएको छ।’
स्वास्थ्यचौकीमा उपचारका लागि आउने बिरामीको भीडबाट अरुलाई रोग सर्न सक्छ भनेर नियमित मास्क प्रयोग गर्न उनको सुझाव छ।
चिकित्सकहरूका अनुसार गर्मी बढेसँगै विभिन्न रोग सङ्क्रमणको जोखिम पनि बढ्छ। मौसम परिवर्तनले अन्य रोग वा सरुवा रोगका कराणले परिक्षण गर्दा कोभिडको सङक्रमणको बिरामी भेटिएको शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताए।
‘आजभन्दा पाँचदिन अगडि मात्रै १६ जानको कोभिडको पुष्टि भयो समान्या रुघाखोकी भनेर नबस्नु होला’, पुनले भने।
‘खानेकुरा तथा पानीमा जीवाणुहरू मिसिएर प्रदूषित भएमा झाडापखाला, हैजा, डेंगु, आँखा पाक्ने, निमोनिया, कोभिड लगायतका रोग फैलिन सक्ने सम्भवना हुन्छ’, उनले अगाडि भने।
उनका अनुसार हाल रुघाखोकी र ज्वरोले समुदायस्तरमा प्रकोपको रूप लिँदै गइरहेको छ। धेरैले रुघाखोकी र ज्वरोलाई सामान्य रूपमा लिँदा गम्भीर समस्या देखापरेका छन्।
सबैभन्दा बढी असर दीर्घरोगी र ज्येष्ठ नागरिकमा परेको छ। यस्तै युवा र बालबालिकामा रुघाखोकी लामो समयसम्म रहने नयाँ समस्या देखिएका छन्।
बच्ने उपाय
पुनका अनुसार गर्मीयाममा अधिकांश खानेकुराहरु चाँडै सड्ने भएकाले बासी खानेकुरा खानु हुँदैन।
झिङ्गा, साङ्ला, लामखुट्टे सक्रिय हुने भएका हुन्छन्। यी किराका कारण स्वास्थ्यमा विभिन्न सङ्क्रमणको जोखिम भएको पुनले बताए।
‘शुद्ध पानी र ताजा खानामा बढी ध्यान दिनुपर्छ। बहिर हिँड्दा मास्क लगाउनुपर्छ’,उनले भने, ‘हात धुने, व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्छ।’
लक्षणहरू
फ्लू र कोभिडको लक्षण उस्तै–उस्तै हुन्छन्। यस्तो बेलामा घरमा कसैलाई फ्लू वा कोभिड लक्षणहरू देखिए वा संक्रमणको शंका लागे परिवारका अरु सदस्यमा संक्रमण सर्न नदिनका लागि एकहप्ता वा दश दिन अलग्गै बस्नुपर्ने उनको सुझाव छ।
यस्ता लक्षणहरू देखिनसक्छन्:
– टाउको दुख्नु
–घाँटी दुख्ने, नाकबाट पानी बग्नु
–अकस्मिक उच्चा ज्वरो आउने
–मांसपेशी जोर्नी दुख्नु
–सुक्खा खोकी लाग्नु
–खानेकुराहरूको श्वाद थाहा नहुनु
–वाक–वाकी लाग्ने
–आँखा पहेलो हुनु
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया