नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ।
बस्नेतविरुद्ध हुलाकमार्फत बलात्कार, भ्रुण हत्या र चाेरी आराेपमा जाहेरी परेकाे जिल्ला प्रहरी परिसर काठमाडाैँका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।
‘हुलाकमार्फत आएको जाहेरी हो, हुलाकमार्फत् आएपछि दर्ता नहुने भन्ने हुँदैन। अनुसन्धान हुन्छ, जाहेरी पर्याे भन्दैमा मुद्दा दर्ता भयो भन्ने हाेइन। हामी गम्भीर ढंगबाट हेर्छाैँ,’ एसएसपी खत्रीले भने।
एमालेमै आबद्ध एक युवतीले उनीविरुद्ध बलात्कार, भ्रूण हत्या र डाँका चोरी आराेपमा जाहेरी दिएकी हुन्।
पीडित युवतीले बस्नेतले आफूलाई दुईपटक बलात्कार गरेको र २ महिना १५ दिनको भ्रूण हत्या गरेको आरोप लगाएकी छन्।