नेकपा (एमाले) नेता महेश बस्नेतले मध्यरातमा महिलाहरु खलेटिएकाे घटनाबारे अभिव्यक्ति दिएका छन्। उनले उक्त घटनालाई गलत प्रचार गरिएकाे उनकाे भनाइ छ।
दुर्गा प्रसाईं नेतृत्वकाे राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानकाे आन्दाेलनमा सहभागी हुन इटहरीबाट आएका महिलाहरु लाेकन्थलीस्थित इन्द्रसार पार्टी प्यालेसमा बसेकाे थिए। उनीहरुलाई मध्यरातमा केही युवाहरु आएर लखेटेका थिए।
महिलाहरुलाई मध्यरातमा लखेट्ने व्यक्तिहरु एमालेनिकट युवा संघका कार्यकर्ताहरु रहेकाे दाबी गरिएका बेला बस्नेतले घटनाबारे अभिव्यक्ति दिएका हुन्।
खुल्ला रुपमा दिसा/पिसाब गराउने ‘हर्कत’ भएपछि ती महिलाहरुलाई स्थानीयहरुले खलेटकाे बस्नेतले बताएका छन्। ‘दुर्गा प्रसाईंजस्ता आपराधिक व्यक्तिले सर्वसाधारण र महिलाहरुलाई कुनै दल र व्यक्तिविरुद्ध परिचालन गरी अमर्यादित ढङ्गले उचालेर काठमाडाैँमा खुल्ला दिसा पिसाब गराउनेजस्ता हर्कत गराउँदा स्थानीयले त्यस्तो नगर्न र आफ्नो क्षेत्रमा नबस्न गरिएको आग्रहलाई अन्यथा प्रचार गर्नु बेठिक छ,’ बस्नेतले भनेका छन्।
ती महिलाहरुलाई प्रहरीकाे समन्वयमा युवा संघका कार्यकर्ताहरुले नै बस्ने बासकाे व्यवस्था गरेकाे उनकाे भनाइ छ।