ललितपुर महानगरपालिका–२३ स्थित एक सोफा कारखानामा आगलागी भएको छ। शनिबार बिहान कारखानामा भएको आगालगीमा परी एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पुरुष रहेको र उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए। शव जलेको अवस्थामा फेला परेको थियो।
आगलागीको कारण पनि खुलेको छैन। तर प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ।
भिडियो–