शालिन पोखरेलको पशुपतिमा अन्त्येष्टि, सहभागीहरुले लगाए नारा

चितवनको एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी बालिका शालीन पोखरेलको अन्त्येष्टि गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

अन्त्येष्टिमा सहभागीहरुले शालीन पोखरेलको परिवारलाई न्याय दिनुपर्ने भन्दै नारा लगाएका थिए। उनीहरूले शालीन मृत्यु प्रकरणको निष्पक्ष छानबिन हुनुपर्नेमा माग गरेका छन्।

१४ वर्षीया शालीन रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतनको होस्टलमा फागुन १२ गते मृत फेला परेकी थिइन्।

पोष्टमर्टम रिपोर्टमा उनको झुण्डिएर मृत्यु भएको देखिएको छ। तर, उनका आफन्तहरुले त्यसलाई स्वीकार गरेका छैनन्।

मृत्यु भएपछि मृतकका आफन्तले उनको हत्या र बलात्कार भएको भन्दै थप अनुसन्धान गर्नुपर्ने माग गर्दै आएका छन।

शालीनको मृत्यु प्रकरणमा बोल्यो दलित महिला महासंघ

पोष्टमार्टम रिपोर्टपछि शालीनका बुबाले भने– रातभरि होटलमा सुतेर आएपछि मात्र बलात्कार हुने हो?

शालीनकाे मृत्युबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई समितिकाे निर्देशन

शालीनकाे मृत्युबारे बालुवाटार पुगेर रविले गराए प्रधानमन्त्रीकाे ध्यानाकर्षण

शालीनकाे पोष्टमार्टम रिपाेर्ट: बलात्कार भएको होइन

शालीनले पढ्ने विद्यालय पुगे अधिवक्ता त्रिपाठी, भन्छन्- विद्यालयकाे भूमिका शङ्कास्पद देखियाे

प्रकाशित मिति: : 2024-03-05 18:34:00

प्रतिकृया दिनुहोस्