न्यूयोर्कमा आदिवासी जनजातिले देखाए नेपाली संस्कृति

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको बृहत् आदिवासी  जनजातिले सांस्कृतिक साँझ भव्य रूपमा सम्पन्न गरेकाे छ। 

शुक्रबार न्युयोर्कको वुडसाईडस्थित गुलशन टेरेश हलमा १८ वटा फिप्नाका सदस्य संस्थाहरू र विभिन्न नेपाली संघ तथा संस्थाहरूको उपस्थितिमा उक्त सांस्कृतिक साँझ सम्पन्न भएको हो। 

कार्यक्रममा फिप्नाका सदस्य संस्थाहरूले आ-आफ्नो संस्कृति झल्किने जनजाति भेषभुषा सहित सांस्कृतिक नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए। 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनजाति आदिवासीहरूको लागी मात्र नभएर सम्पूर्ण उत्पीडित जातजाति र समुदायको समान हक र अधिकारको लागी उभिनु हो भन्ने कुरा फिप्ना बरिष्ठ उपाध्यक्ष पेमा लामाले बताएका थिए। 

सो कार्यक्रममा १८ वटै फिप्नाका सदस्य संस्थाहरुले गरेको अतुलनीय योगदानको कदर गर्दै यही जुलाई ९ तारिकको दिनमा हुने आदिवासी जनजाति दिवस कार्यक्रममा पनि सबै जनजाति संस्थाहरू र नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूले उपस्थिति जनाई कार्यक्रम सफल बनाउन फिप्ना अध्यक्ष तोरण गुरूङले आग्रह गरे।

कार्यक्रममालाई सफल बनाउन स्पोन्सर, स्वयंसेवक र फिप्नाका १८ सदस्य संस्था तथा कलाकारहरूलाई फिप्ना अध्यक्ष तोरण गुरुङ र सभामुख भारती राईको हातबाट विशेष सम्मान पत्र प्रदान गरेका थिए।

उक्त कार्यक्रमको पहिलो औपचारीक कार्यक्रम सन्चालन फिप्नाका महासचिब दिपक चौधरी र सचिव दाजिमा शेर्पाले गर्नुभएको थियो भने, दोस्रो सेसन सांस्कृतिक कार्यक्रमको सन्चालन महिला उपाध्यक्ष ममता राई र सचिव दाजिमा शेर्पाले गरेका थिए।

उक्त कार्यक्रममा उपस्थित अतिथिहरूलाई क्षेत्रिय उपाध्यक्ष पूर्णबहादुर पाईजा मगर र कोषाध्यक्ष कृष्णमाया महर्जनले स्वागत गरेका थिए। 

कार्यक्रमलाई सफल बनाउन आदिवासी जनजाति १८ वटा सदस्य संस्थाहरु, विभिन्न प्रायोजकहरु, स्वयम् सेवकहरू, फिप्ना कार्य समितिहरूलाई हार्दीक धन्यावाद ज्ञापन गर्दै कार्यक्रमको समापन भएको घोषणा अध्यक्ष तोरण गुरुङले गरेका थिए। 

प्रकाशित मिति: : 2025-06-29 15:21:00

प्रतिकृया दिनुहोस्