बिएल संवाददाता
लुम्बिनीमा यही फागुन २८ र २९ गते हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एण्ड लिडर्स अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित हुने भएकाे छ।
संघीय सरकारमा नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले शिखर सम्मेलन स्थगित गर्न लागेका हुन्। त्यसकाे लागि आज (मंगलबार) बिहान ११ बजे मन्त्री परिषद् बैठक बस्दैछ।
‘केन्द्रमा गठबन्धन परिवर्तनसँगै अब प्रदेशमा पनि खलबल त हुने नै भयाे। त्यही भएर हाेला मुख्यमन्त्रीज्यूले सम्मेलन स्थगित गर्ने निर्णय गर्नु भएकाे छ’, मुख्यमन्त्री चाैधरीकाे सचिवालयले बन्याे।
साेही शिखर सम्मेलनका सम्बन्धमा मुख्यमन्त्री चाैधरीले साेमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए। यद्यपि, त्यसकाे केही घण्टामा नै सम्मेलन स्थगित गर्ने निष्कर्षमा मुख्यमन्त्री चाैधरी पुगेका छन्।
सम्मेलनमा सम्मेलनमा ९ जना नोबेल पुरस्कार बिजेतासहित विभिन्न देशका राष्ट्र प्रमुख, पूर्वप्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने तयारी थियाे।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया