मधेशी एकता समाज यूएईको आयोजनामा दुबईमा होली मिलन कार्यक्रम

मधेसी एकता समाज युएईको आयोजनामा दुबईमा २०२४ काे हाेली मिलन कार्यक्रम सम्पन्न भएको छ।

निवर्तमान श्रममन्त्री सरदसिंह भण्डारीको मुख्य उपस्थितिमा सोमबार दुबईमा हाेली मिलन कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा युएईका विभिन्न राज्यमा छरिएरका सयौं नेपालीहरू सहभागी भएका थिए।

कार्यक्रममा नेपाली कलाकारहरु जागेस कुमार ठाकुर, निरुता साह, भोला पासवान, ईशा परियार, शितल, पुनम लगायतले सांगीतिक प्रस्तुती दिएका थिए, भने निवर्तमान श्रममन्त्री शरदसिहं भण्डारीले जोगिरा गाएर सुनाएका थिए। 

कार्यक्रममा एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, एनआरएनए युएईका अध्यक्ष विकास शाही, नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, मधेसी एकता समाज नेपाल ईकाईका संयोजक डा. बबि सिंह यादव, मधेसी एकता समाजका संस्थापक तथा अन्तर्राष्ट्रिय संयोजक डा. रवीन्द्र कुमार यादव सहित नेपाली दूतावास युएईका उपनियोग प्रमुख विशाल भट्टराई सहित अन्य प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

कार्यक्रममा बोल्दै मधेसी एकता समाजका संस्थापक तथा अन्तर्राष्ट्रिय संयोजक डा. रविन्द्र कुमार यादवले मधेशी एकता समाजले संसारभरि फैलिएका मधेशीहरुलाई मधेस हितका लागि एकताको सुत्रमा बाँध्दै मधेशको सांस्कृतिक पहिचान जोगाउन र कुरीति अन्धविश्वासविरुद्ध लड्न काम गरिरहेको बताए।

मधेसी एकता समाज युएईका अध्यक्ष धर्मेन्द्र गोहियार यादवको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा युएईमा भु-उपग्रहकाे सफ्टवेयर डिजाइनिङ गर्ने मुकेश झा, मिसाईल डिजाइनिङमा कार्यरत इन्जिनियर दीपक कुमार यादव, न्यूयोर्क युनिभर्सिटी अबुधाबीबाट डिग्री प्राप्त गर्ने पहिलो मधेशी उत्तम मिश्रा, दुबईमा उद्योग स्थापना गर्ने पहिलो मधेशी विनेश यादव संगै अन्य मधेशी व्यापारीहरु कविन्द्र यादव, गणेश पुरबे, जीबछ साह लगायतलाई सम्मान गरिएको थियो।

होली पर्व आगामी मार्च २५ तारिख पर्ने भएता पनि रमजानकाे पवित्र महिना मार्च ९ देखि अप्रिल ९ सम्म चल्ने भएकोले होली मिलनकाे कार्यक्रम रमजान अगावै मनाईएको बताईएको छ। साथै मधेशी एकता समाजले नियमित रूपमा आयोजना गर्दै आएको रमजान ईफ्तारीको कार्यक्रम मार्चकाे तेस्रो साता दुबईमा आयोजना हुने भएको छ।

प्रकाशित मिति: : 2024-03-04 22:38:00

प्रतिकृया दिनुहोस्