लघुवित्त पीडितहरु संसद् भवन छिरेकाे घटनाकाे छानबिन गर्न समिति गठन

नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितहरु प्रवेश गरेको घटनाकाे छानबिन गर्न समिति गठन भएकाे छ।

काठमाडाैँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको हाे।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डिएसपी दिनेश घिमिरे सदस्य रहेका छन्।

आन्दाेलनका क्रममा विभिन्न जिल्लाबाट काठमाडाैँ आएका लघुवित्त पीडितहरु साेमबार दिउँसाे संसद् भवन प्रवेश गरेका थिए। प्रहरीले प्रवेशद्वारमा राेक्न खाेजे पनि हुलहुजत गर्दै उनीहरु भित्र छिरेका थिए।

सङ्घीय संसद् भवन क्षेत्र वरपर सरकारले तोकेको निषेधित क्षेत्र तोडेकाले उनीहरुलाई नियन्त्रणमा प्रहरी लिइएको थियाे।


संसद भवन छिरेका दुई दर्जन बढी लघुवित्त पीडित प्रहरी नियन्त्रणमा

नाराबाजी गर्दै संसद् भवनभित्रै छिरे लघुवित्तका ऋणीहरू

प्रकाशित मिति: : 2024-02-26 17:11:00

प्रतिकृया दिनुहोस्