गगन थापाले पेस गरे २०८२ मंसिरभित्र महाधिवेशन गर्ने कार्यतालिका

File Photo
File Photo

महामन्त्री गगनकुमार थापाले २०८२ मंसिरभित्र १५औँ महाधिवेशन गरिसक्ने गरी कार्यतालिका पेश गरेका छन्।

सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले २०८१ मंसिर १५ भित्र वडा अधिवेशन, मंसिर मसान्तभित्र गाउँ, नगर अधिवेशन र २०८२ भदौ मसान्तभित्र प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका गर्ने कार्यतालिका पेस गरेका हुन्।

जारी बैठकमा फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्ने महासमितिको बैठकका लागि उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव, पार्टीका महामन्त्री गगन थापाले साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसाययिक राजनीतिक परिस्थितिको बारेमा प्रतिवेदनबारे छलफल भइरहेको छ।

प्रकाशित मिति: : 2024-02-15 15:49:00

प्रतिकृया दिनुहोस्