राष्ट्रियसभा निर्वाचन: कृष्णप्रसाद सिटौलाले गरे मनोनयन दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले मनोनयन दर्ता गरेका छन्।

उनले सोमबार बिहान विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनकाे तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्।

सिटौलाको प्रस्तावक प्रदिप सुनुवार र समर्थक हिमाल कार्की छन्।

मनोनयनपत्र दर्ता गराएपछि सञ्चारकर्मीसित कुरा गर्दै नेता सिटौलाले निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

उनले उम्मेदवार छनोटको निर्णयलाई थाँती राखी पार्टीका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरे।

पार्टीले सर्वसम्मत निर्णय गरेअनुसार आफूले उम्मेदवारी दर्ता गरेको उल्लेख गर्दै नेता सिटौलाले  सबै दलबीच समझदारी कायम गरी जनताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

‘गठबन्धन दलबीच भएको समझदारीअनुसार एक अर्का दलका उम्मेदवारलाई निर्वाचनमा सहयोग र समर्थन रहनेछ’, उनले भने। 

प्रकाशित मिति: : 2024-01-08 11:33:00

प्रतिकृया दिनुहोस्