जनतालाई धुलाे खुवाउनेलाई रास्वपले धुलाे चटाउँछ- रवि लामिछाने (भिडियाे)

Breaknlinks
Breaknlinks

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जिम्मेवारी लिएर समयमै सडक निर्माण नगर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

नारायणगढ-बुटवल सडकखण्ड निर्माणका लागि तीन दिने दबाबमूलक यात्रा गरेर बुटवल आएका रविले सडक निर्माण नगरेर जनतालाई धुलाे खुवाउनेहरुलाई आफूहरुले धुलाे चटाउने चेतावनी दिएका हुन्।

उनले नारायणगढ-बुटवल सडकखण्ड निर्माण सम्पन्न नहुँदा जनताले वर्षाैदेखि दु:ख पाएकाे र याे राज्यले जनतामाथि गरेकाे चरम अपराध भएकाे बताए। उनले यात्राकाे क्रममा समयमै सडक निर्माण नहुँदा जनताले पाएका दु:खहरु देखेकाे र प्रत्यक्षरुपमा‍ महसुस गरेकाे बताउँदै अब समय ताेकेर नै सडक निर्माण नभए निर्माण कम्पनी, सरकार र सराेकारवालाहरुलाई कारबाही गर्ने चेतावी दिए।

‘जसले काम गर्छु भनेर जनतासँग प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ, सरकार, सराेकारवाला र सरकार सबैलाई म भन्न चाहन्छु’, रविले भने, ‘कुनै पनि हालतमा समय निर्धारण गरेर कहिलेसम्म गुणस्तरिय रुपमा याे बाटाे बन्छ भन्ने कुरा अब बताइएन भने हामी सधैं बाटाेमा धुलाे खाएर हिँड्दैनाैँ, धुलाे चटाउँछाैँ।’

उनले अगाडि भने, ‘हामीले मात्र हाेइन, जसले जनतालाई धुलाे खुवाउँछन् त्यसलाई जनताले धुलाे चटाउँछन्।’ उनले मिसन- ८० अन्तर्गत याे पनि पर्ने जानकारी दिए।

उनले एसीरुपमा मात्र बस्ने छुट आफूहरुलाई नभएकाे बताउँदै अब याे दबाबकाे यात्रालाई निरन्तरता दिने वाचा गरे। ‘यहाँबाट सुरु भएकाे याे यात्रा अब रास्वपाले मिसन ८०काे विभिन्न कार्यक्रममध्येकाे एउटा कार्यक्रम राख्नेछ, लामाे समयसम्म अवरुद्ध भएका निर्माण आयाेजनाहरुलाई समयमै सम्पन्न गराउनकाे निमित्त रास्वपाले आज यहाँबाट आफ्ना अभियानमध्ये मिसन ८० सुरु गरेकाे छ’, उनले भने, ‘खबरदार आफू एसीवाला गाडीमा बसेर, एसीवाला घरमा बसेर, सरकारी अड्डामा बसेर, सरकारी घरमा बसेर जनतालाई वर्षाैँसम्म, एउटा युगसम्म अँध्याराेमा धुलाे र हिलाेमा राख्ने युगकाे अन्त्य नभएसम्म रास्वाप निरन्तर लडिरन्छ।’

भिडियाे:

प्रकाशित मिति: : 2023-12-27 19:40:00

प्रतिकृया दिनुहोस्