आमाको गहना बेचेर अभिनय सिकेका सञ्जीव कुमार

प्रेममा असफल भएपछि रक्सीको लत

DINODIA PHOTOS/GETTY IMAGE
DINODIA PHOTOS/GETTY IMAGE

बलिउडका अभिनेता सञ्जीव कुमारले ४७ वर्षको उमेरमा संसार त्यागे। फिल्म इन्डस्ट्रीमा २५ वर्ष बिताएका उनको जीवनमा कुनै फिल्मभन्दा कम थिएन। कहिले चकलेट जस्तो गुलियो त कहिले कागती जस्तो अमिलो।

तर आफ्नो अभिनयले मनोरन्जन दिइरहे सञ्जीव।

स्टारडम र रमाइलो गर्ने बानीको कारण उनी सधैं मानिसहरूको वरपर रहे। तर जीवनको अन्तिमा घडीमा उनी एक्लै बिरामीसँग लडिरहे। भनिन्छ, कि जीवनको यात्रामा पनि उनले सधैं परीक्षा दिइरहे।

उनी सानै हुँदा पीताको निधन भयो। बुबाको मृत्यु, परिवार चलाउने आमाको संघर्ष, रंगमञ्चप्रतिको माया, पारिवारिक जिम्मेवारी र चलचित्रमा काम पाउनको लागि संघर्ष। उनले जीवनभर मात्र संघर्ष नै गरिरहे। 

तरपनि जीन्दगीभर हाँसिरहे सञ्जीव कुमार। 

उनको त्यही मुस्कानले अभिनयमा छुट्टै चमक दियो। बी ग्रेड फिल्मबाट सुरु गरेका कुमारले अभिनयको भरमा मात्रै स्टारडम कमाए, जसका कारण उनले मल्टिस्टार फिल्ममा समेत सबैभन्दा बढी पारिश्रमिक लिन थाले।

उनलाई त्यो सफलता कुनै झट्काबाट मिलेको थिएन। उसले त पाइला–पाइलामा हिडेर त्यो सफलता हासिल गरेका थिए। मात्र आफ्नो बलबुतामा। फिल्म इन्डस्ट्रीमा जम्नका लागि उनको राम्रो पक्ष बन्यो सानोमा लिएको अभिनय कक्षा।

सञ्जीवले त्यो अभिनयको कक्षा लिनका लागि आमाले गरगहना नै बेच्नुपरेको थियो। तब मात्र शशधर मुखर्जीको अभिनय स्कुलमा पैसा जम्मा भएको थियो। आमा चाहन्थिन् छोरा पढेर डाक्टर या वकिल बनोस् तर छोराको इच्छा बुझेर त्यही अभिनयमा नै लगाइदिइन्।

सञ्जीव कुमारको संघर्षको रोचक कथामा उनको नामको कथा पनि समावेश छ। वास्तवमा हिन्दी फिल्ममा काम गर्नुअघि उनले हरिहर जेठालालको नामबाट थिएटरको दुनियाँमा काम गरेका थिए।

इप्टाका नाटकहरूमा काम गर्दा एके हङ्गलले प्रख्यात नाटक डमरुमा सञ्जीव कुमारलाई ६० वर्षको वृद्धको भूमिका दिएका थिए। त्योबेला उनी मात्र १९ वर्षका थिए।

कसरी भए सञ्जीव कुमार?

हिन्दी फिल्मको खोजीमा भौतारिरहेका उनले सन् १९६० मा फिल्म ‘हम हिन्दुस्तानी’ मा काम गर्ने मौका पाए। सुनील दत्त र आशा पारेखको अभिनय रहेको त्यो फिल्ममा उनको भूमिका मात्र दुई सेकेन्डको थियो।

त्यसपछि उनले निर्माता, निर्देशक र स्टुडियोको चक्कर लगाउन थाले। यसैबीच, आफ्ना थिएटर साथीहरूसँग कुराकानी गर्दै हरिहर जेठालालले आफ्नो स्क्रिनको नाम खोज्नुपर्ने बताए। सञ्जीव कुमारकी आमाको नाम शान्ताबेन जरीवाला थियो।

उनले आफ्ना साथीहरूलाई एससँग नाम राख्ने बताए र त्यसबेला दिलीप कुमार र अशोक कुमारको सफलता देखेर उनले कुमार उपाधि राख्ने निर्णय गरे। नाम पनि तय भयो–सञ्जय कुमार।

सञ्जीव कुमारको करियरको दोस्रो हिन्दी फिल्म ‘आओ प्यार करेँ’ सन् १९६४ मा रिलिज भएको थियो र यसमा उनको श्रेय सञ्जय कुमारलाई गयो।

यस फिल्मपछि कमाल अमरोहीले उनलाई शंकर हुसैनको फिल्म ‘जो कमाल नहीं बना सके’ साइन गरे र यो नाम खासै प्रभावशाली नभएको बताए।

कमाल अमरोहीले फिल्ममा सञ्जीवको नाम गौतम राजवंश राखेका थिए। भलै, पाकीजा फिल्मको काममा कमाल यतिधेरै डुबेका थिए कि केही शटपछि पनि फिल्म पूरा गरेनन्। त्यसैले गौतम राजवंश नाम पनि सञ्जीव कुमारलाई सुहाएन।

यसैबीच सन् १९६४ मा फिल्म दोस्ती सुपरहिट भयो र यही फिल्मबाट सञ्जय खान स्थापित भए। यस्तो अवस्थामा एकजना सञ्जय खानको उपस्थितिमा सञ्जय कुमार नामको फिल्म गर्नु फाइदाजनक हुँदैन भन्ने सोचेर हरिहर जेठालालले साथीभाइसँग सोचेर नाम परिवर्तन गरेर सञ्जीव कुमार राखे।

सञ्जीव कुमारको नाममा उनी पहिलो पटक सन् १९६५ मा निशान फिल्ममा देखा परेका थिए, जुन एक प्रकारको स्टन्ट फिल्म थियो। उनले सुरु्रका दिनहरूमा चलचित्रमा काम गरेर नाफा भन्दा पनि धेरै घाटा व्यर्होरे।  

मृत्यु भएको ३६ वर्षपछि पहिलो पूर्ण जीवनी

नाम राख्नेको कुरा हनिफ जावेरी र सुमन्त बत्राले प्रकाशित सञ्जीव कुमारको पुस्तकमा उल्लेख गरिएको छ।

पेन्गुइन पब्लिकेशन्सद्वारा प्रकाशित ‘एन एक्टरर्स एक्टर’ लाई सञ्जीव कुमारको आधिकारिक जीवनी मानिन्छ। उनको मृत्युपछि ३६ वर्षसम्म पनि सञ्जीव कुमारको जीवनयात्रा बताउन सक्ने कुनै पुस्तक थिएन। त्यसैले हनिफ जावेरी र सुमन्त बत्राले पुस्तक निकाले।

सन् १९६८ मा, सञ्जीव कुमारले फिल्म संघर्षमा दिलीप कुमारसँग अभिनय गरेर आफ्नो छाप छोडे, जुन उनको मृत्युको समयसम्म  रह्यो। यस अवधिमा सञ्जीव कुमारले बक्स अफिसमा सफल फिल्म मात्र दिएनन् तर अपरम्परागत फिल्महरूमा पनि काम गरे जुन आफ्नो समयभन्दा धेरै अगाडि थिए।

सन् १९७० मा रिलिज भएको मानसिक रोगको सामना गर्ने पात्रले उनलाई ख्याति र सफलताको आकाशमा पुर्यायो। दुई वर्षपछि १९७२ सालमा उनले नबोली आफ्नो आँखाले जादू गरे।

सबै किसिमको भूमिका निभाए

एक अभिनेताको रूपमा सञ्जीव कुमारले आफूलाई कहिल्यै दोहोर्याएनन् न त कुनै छविले टाइपड भए। उनलाई सबै सीजनका अभिनेता भनेर चिनिन थाले। आफ्नो छविको वास्ता कहिल्यै गरेनन् सञ्जीवले। यसको अनमान त्यहीबाट गर्न सकिन्छ कि उही समयमा फिल्म अनामिकामा जया भादुरीको प्रेमीको भूमिका निर्वाह गरेका थिए भने त्यही समयमा उनी बुवाको भूमिका निर्वाह गरिरहेका थिए। फिल्म शोलेमा उनले जया भादुरीका ससुराको भूमिका निभाएका थिए।

एकातिर उनले शोले र त्रिशूल जस्ता मल्टिस्टार फिल्ममा आफ्नो अभिनयले जनताको मन जितिरहे भने अर्कोतिर उनले आफ्नो प्रयोगात्मक फिल्मबाट मानिसहरुलाई चकित गरिरहे। सन् १९७४ मा उनले नयाँ दिन, नयाँ रातमा नौ फरक भूमिका खेलेर मानिसहरूलाई चकित पारेका थिए।

सन् १९७७ सालमा उनले सत्यजित रेसँग ‘शतरंज के खिलाड़ी’ मा काम गर्न स्वीकार गरे। सन् १९७८ मा उनले पति, पत्नी और वो जस्ता सुपरहिट फिल्ममा काम गरे भने सन् १९८२ मा अंगुर जस्ता अतुलनीय कमेडी फिल्ममा भूमिका निभाए। 

सन् १९६० देखि १९८५ सम्म सञ्जीव कुमारले १५३ फिल्ममा काम गरेका थिए। त्यसका लागि उनले राष्ट्रिय अवार्ड प्राप्त गरे। बी ग्रेड फिल्ममा काम गरेर सफलता हासिल गर्न त्यति सजिलो छैन तर सञ्जीव कुमारले त्यो ठाउँ हासिल गरे। 

प्रेम असफल भएपछि रक्सीको लत

यो यात्राको क्रममा सञ्जीव कुमारको नाम विवाहित नुतन र हेमा मालिनीसँग जोडियो। तर कुरा बीचमै रोक्कियो। यसपछि सुलक्षणा पण्डितसहित अन्य अभिनेत्रीसँगको उनको सम्बन्धको पनि चर्चा चल्यो। तर सञ्जीव कुमारले बिहे गरेनन्। प्रेम सम्बन्धमा आएको असफलता र एक्लोपनलाई हटाउन सञ्जीव कुमारले रक्सीको साहरा लिन थाले।

सञ्जीव कुमार सानैदेखि मुटु रोगबाट पीडित थिए र मदिराको नशाले उनको रोग झनै बढाएको थियो। केवल ३७ वर्षको वर्षको उमेरमा उनलाई पहिलोपल्ट हृदयघात भएको थियो। तरपनि उनले आफ्नो जीउने तरिका छोडेनन्। 

त्यसको नतिजा उसले भोग्नु पर्यो र चाँडै उसलाई अर्को आक्रमण भयो। त्यसपछि सञ्जीव कुमार पनि अमेरिका गएर आफ्नो ओपन हार्ट सर्जरी गराए।

अमेरिकाबाट फर्किएपछि उनी पूर्ण रूपमा निको हुने विश्वास थियो तर चलचित्र निर्माताहरूको काममा फर्कन आग्रह र रोकिएका परियोजनाहरू पूरा गर्ने आफ्नै जिद्दले उनलाई आराम गर्ने मौका दिएन।

र, यहीँ कामले उनको ज्यान लियो। सन् १९८५ नोभेम्बर ६ मा सञ्जीव कुमारले सदाका दागि संसारबाट बिदा लिए। उनका साथीहरूले भनेअनुसार यदी कुमार विवाहित थिए भने धेरै बाँच्थे तर निर्माताहरूले उनलाई आराम गर्न दिएनन्। र उनले संसार नै त्यागे। त्यसको जिम्मा निर्माताहरू नै हुन्।

आमाको पुण्यतिथिको दिकै निधन

भलै, उनी हरेक वर्ष नोभेम्बर ६ मा आमाको सम्झनामा डुबेका हुन्थे। उनको आमाको मृत्यु नोभेम्बर–५ मा भएको थियो। तर त्यसपछि मात्र पाँच वर्ष बाँचे।  उनी बिरामी हुँदा समेत फिल्महरूमा काम गरिरहे।

सञ्जीव कुमारको यो अवधिलाई लिएर विभिन्न विषयमा धेरै चर्चा भयो, जसमा उनको रक्सीको लत, कन्जूस हुनु र आफ्ना महिला साथीहरूलाई विश्वास नगर्नु पनि समावेश छ। 

लोभी भनिनुको कारण उनी सधैं धेरै साधारण कपडा लगाउने गर्थे र साधारण फिल्म स्टारजस्तो कपडामा धेरै खर्च गर्दैन थिए। यद्यपि, उनका नजिकका साथीहरूले उनलाई यो महसुस गराए कि कोही पनि उनीसँग मिल्दोजुल्दो हुनुको एउटा कारण उनीहरूको पैसा हो। 

सायद उनले पनि त्यो कुरा बुझिसकेका थिए, त्यसैले त अन्तिम दिनहरूमा उनी त्यति खुलेर बोल्दैन थिए। तर, हनिफ जावेरी र सुमन्त बत्राको पुस्तकबाट यी दुई कुरामा खासै सत्यता देखिँदैन। हनिफ जावेरीदेखि सञ्जीव कुमारसँग काम गर्ने धेरै अभिनेत्रीहरूले सञ्जीव कुमारलाई आफ्नो सबैभन्दा भरपर्दो साथीको रूपमा वर्णन गरेका छन्।

शत्रुघ्न सिन्हाको विवाह बचाए

भलै, सञ्जीव कुमारले आफ्नो परिवार स्थापना गर्न सकेनन् तर परिवारको महत्वलाई पूर्ण रूपमा बुझेका थिए, त्यसैले उनले परिवारका सदस्यहरूलाई मात्र सहयोग गरेनन्, अरूको भत्किएका घरहरू पनि बचाए।

जब शत्रुघ्न सिन्हाको श्रीमती पुनम सिन्हासँगको तनाव निकै बढेको थियो, त्यसलाई सुल्झाउनमा सञ्जीव कुमारको महत्वपूर्ण योगदान थियो, जसलाई शत्रुघ्न सिन्हाले पनि उल्लेख गर्दै आएका छन्। यही कारणले गर्दा शत्रुघ्न सिन्हा जीवनभर उनका सबैभन्दा मिल्ने साथी बने। र जब सञ्जीव कुमारको मृत्यु भयो, शत्रुघ्न सिन्हा ४८ घण्टासम्म उनको शवको नजिकै बसे।

कुमारकी बहिनी अमेरिकाबाट फर्किएपछि मात्रै उनको अन्तिम संस्कार गरिएको थियो। उनको मृत्युको खबरपछि मुम्बईको फिल्म उद्योगमा भोलिपल्ट कुनै पनि काम भएन। सबै छायांकन रद्द भयो।

सेटमा ढिलो पुग्ने बानी 

सञ्जीव कुमारसँग कुनै पनि फिल्मस्टारको मनमुटाव थिएन। तर उनी प्रायः सुटिङका ​​लागि सेटमा ढिलो पुग्थे। त्यसको एउटै कारण थियो कि उनी बिहानसम्म पिउने गर्थे। उनको ढिलाइको बावजुद पनि निर्देशक र सह–अभिनेताहरू उनीसँग रिसाउँदै थिए। किनकि सञ्जीव मात्र एक टेकमा आफ्नो शटहरू पूरा गरिदिन्थे। यो कुरा सबैलाई थाहा थियो कि अरूलाई ८ घण्टा लाग्ने काम उनले ४ घण्टामै गरिदिन्थे। यसबाहेक उनको सेन्स अफ ह्युमर यति बलियो थियो कि उनको कुरा सुनेर साथी कलाकार पनि आफ्नो हाँसो रोक्न सक्दैन थिए।  

हनिफ जावेरीले सञ्जीव कुमारलाई नजिकबाट देखेका थिए, उनीसँग धेरै अन्तर्वार्ता पनि लिएका थिए र उनको दाबी छ कि बलिउडका अभिनय सम्राट दिलीप कुमारले उनलाई सञ्जीव कुमारको बारेमा पुस्तक लेख्न सल्लाह दिएका थिए। तर बाँचुञ्जेल सारा दुनियाँलाई हँसाएका उनी सबैलाई रूवाएर विदा भए। बीबीसीकाे सहयाेगमा 

प्रकाशित मिति: : 2023-11-29 20:45:00

प्रतिकृया दिनुहोस्