एनएसएल : काठमाडौं र चितवन बराबरीमा राेकियाे

नेपाल सुपर लिग (एनएसएल)मा  साविक विजेता काठमाडौं  रेजर्स र चितवन एफसी बराबरीमा राेकिएकाे छ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएकाे खेलमा काठमाडौं र चितवन १-१ काे  बराबरीमा राेकिएहाे।

निकै राेमानचक बनेकाे खेल पहिलाे हाफ बराबरीमा राेकिएकाे थियाे। खेलकाे ८७ मिनेटमा चितवनले आग्रता लियाे।

चितवनका लागि  बिमल घर्ती मगरले गाेल गरेर सफलता दिलाए। यता, काठमाडौकाे लागि एन्कुंगे जुनियरले इन्जुरी समयमा गाेल गरेर खेललाई बराबरीमा बनाए। यसअघि काठमाडौंले इलाम डे मेची एफसीलाई १-० ले पराजित गरेकाे थियाे भने चितवन  पोखरा थन्डर्ससँग १-०ले पराजय भएकाे थियाे।

यो जितसँगै काठमाडौंले एनएसएलमा दुई खेलबाट ४ अंक जोडेको छ, भने चितवनले १ अंक जोडेको छ।

प्रकाशित मिति: : 2023-11-28 19:52:00

प्रतिकृया दिनुहोस्