मङ्गलबार, ०६ जनवरी २०२६

के हो ‘सिजनल फ्लु’ भनेको? यसबाट कसरी बच्ने?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

हिउँदयाममा चिसो अत्यधिक हुने भएकाले रुघाखोकी, ज्वारो, निमोनिया संक्रमणको बढी सम्भावना भएको देखिन्छ। 

विशेष गरेर दीर्घरोगी भएको ज्येष्ठ, नागरिक, गर्भवती र बालबालिकालाई बढी वृद्धि हुने गर्छ।

यसरी जाडोयाममा देखिने यस्ता स्वास्थ्य समस्या मौसमी रुघाखोकी (सिजनल फ्लु) का कारण हुने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान विभागका संयोजक डा‍. शेरबहादुर पुन बताउँछन्।

केही दिनयता रुघाखोकीका लक्षण भएका बिरामीको संख्या तीव्र रूपमा बढेको पाइए पनि अस्पताल आई उपचार गर्ने क्रम भने अहिले कम रहेको उनले जानकारी दिए।

‘अहिलेसम्म समान्य नै छ, बिरामीहरू फाट्टफुट्ट आएरहेको हुन्छ चेकजाँच गरी विरामीको अनुसार एन्टीभाइटिक दिए पठाउँछौँ,’ उनले भने, ‘(सिजनल फ्लु) सिजन भनेको पुस–माघतिर ह्वात्तै बढ्ने गरेको देखिन्छ।’

जाडो मौसममा रुघाखोकी लाग्ने, टाउको दुख्ने, जिउ दुख्ने, ज्वरो आउनेजस्ता समस्या आउने भनेर सबैलाई थाहा हुने अस्पतालमा नआई घरमै बसेर घरेलु उपचार गर्ने अवस्था देखिएको डा‍. पुनको अनुमान छ।

के हो सिजनल फ्लु भनेको?

चिकित्सको भाषा सिजनल फ्लु (अथवा मौसमी रुघाखोकी) भनेको इन्फ्लुएन्जा भाइरासबाट लाग्ने एउटा रोग हो। 
एक व्यक्तिबाट अर्को व्यक्तिमा विशेषगरी हावाको माध्यमबाट सर्ने यस रोगका विषाणुहरू सामान्य रुघाखोकी जस्तै फैल्ने गरिन्छ। 

यसका कारणले नै मानिसहरूमा अचानक ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने, नाक बन्द हुने, घाँटी दुख्ने, निमोनिया हुने, बच्चाहरूको दिसा पातलो हुने गरेको पाइन्छ। 

सिजनल फ्लु कसरी लाग्छ? जाडोमा फ्लुबाट कसरी बच्ने विषयमा सबैले जानिराख्नु अत्यावश्यक छ।

रोकथामका उपायहरू

कोभिड १९ र सिजनल फ्लुको सर्ने तरीका र बच्ने उपाय एकअर्कोमा मिल्दो जुल्दौ रहेको पुनको भनाइ छ।

– निरन्तर मास्क लगाउने,
– साबुनपानीले हात धुने गर्नुपर्छ।
– खोक्दा वा हाच्छिउँ गर्दा हातको कुइनाले वा रुमालले नाकमुख छोप्ने
– रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न पौष्टिक आहार हरियो सागपात, झोलिलो खानेकुरा खाने
– सरसफाइमा ध्यान दिने गर्ने फ्लुविरुद्धको खोप लगाउने
– आनावस्यक रुपमा मानिसहरूको भीडभाड भएको ठाउँमा नजाने
– संक्रमित व्यक्तिहरूसँग हात नमिलाउने, नमस्कार गर्ने

लक्षण
– टाउको दुख्ने
– घाँटी दुख्ने
– रुघाखोकी लाग्ने
– श्वास फेर्न गाह्रो हुने
– ज्वरो आउने 
– बच्चाहरूलाई झाडा पखाला लग्ने वा धेरै बेरसम्म रुनि

किन लगाएनन् फ्लुविरुद्धको खोप 

पुनका आनुसार सिजनल फ्लु रोग अंधिकंस मान्छेले मौसम आनुसार परिवर्तन भएकाले साधारण रुपले हेर्ने गरेको बताउँछन्।

‘धेरै मान्छेहरूले लाउनलाई रुचाउँदैन जबजब मौसम फ्लुको सिजन आउँछ तवतव त्यो देशका नगरिकहरूलाई स्वास्थ्य केन्द्रका कर्मचारीहरूलाई यो रोगको भ्यक्सिन लगाउँन उत्पे्ररीत गरेको हामीले पाउँछौँ,’ उनले भने, ‘तर यो सम्बन्धमा धेरै मानिसलाई थाहा नभएकाले यसबारे धेरै चर्चा भएको पाइँदैन।’ 

योे खोप ६ महिनाभन्दा माथिका बालबालिकादेखि सबै उमेरका मानिसमा लगाउने गरिन्छ। हरेक वर्ष एक खोप लगाउनु अनिवार्य हुन्छ।

नेपालमा रुघाखोकी लागेका यो केही होइन भन्ने बढी चलन भएकाले यो खोपप्रति त्यति धेरै ध्यान नदिएको उनको भनाइ छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!