त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद हुने भएको छ। काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ)का ६ जनालाई २ वर्ष कैद हुने भएको हो।
जसमा नेविसंघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगर रहेका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले उनीहरुलाई उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर गरेको हो।
उनीहरुबाट पीडितलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत भएको छ। आरोपित दीपक ओझाले भने सफाइ पाएका छन्।
उपप्राध्यापक चलाउनेमाथि २० असोज ०७७ मा सांघातिक आक्रमण भएको थियो।