बूढानीलकण्ठ मन्दिरमा ‘हरिबोधिका एकादशी’ मेला सुरु (तस्बिरसहित)

बूढानीलकण्ठ मन्दिरमा आजदेखि पाँचदिने मेला सुरु भएको छ। 

प्रत्येक वर्ष ‘हरिबोधिका एकादशी’ का दिन लाग्ने मेला ११ गतेसम्म रहने नगरपालिकाकी उपमेयर अनिता लामाले बताइन्। 

उनका अनुसार आजदेखि सुरु भएको मेलामा ३० देखि ४० हजार दर्शनार्थीहरूको उपस्थिती रहनेछ। 

भगवान विष्णुको दर्शन गर्न आउने भक्तजनहरूले लाइनमा बसेर पूजा गर्न पाउने छन् भने ज्येष्ठ नागरिकलगायत अपाङता भएकाहरूका लागि पूर्वी गेटबाट व्यवस्था मिलाइएको छ। 

हजरौंको सङख्यामा दर्शनार्थीहरू बिहानदेखि लाइनमा उभिरहेका छन् भने व्यापारीहरू भने सामान बेच्नमा व्यस्त देखिन्छन्। 

तस्बिरमा हेर्नुहोस् भीडले भरिएको बूढानीलकण्ठ मन्दिर–

प्रकाशित मिति: : 2023-11-23 11:25:00

प्रतिकृया दिनुहोस्