दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आज (बिहीबार) काठमाडौँमा आन्दोलन गर्दैछ।
अभियानले भ्रष्टाचार, अनियमितता, घुसखोरी, अन्याय र अत्यचारविरुद्ध लोकतान्त्रिक व्यवस्था परिवर्तनको लागि आन्दोलन गर्न लागेको हो। अभियानको आन्दोलन कार्यक्रमको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बल्खु क्षेत्रलाई तोकिदिएको छ।
अध्यक्षमण्डल सदस्य, केन्द्रीय संगठन एवम् कार्यक्रम प्रमुख हरि कार्कीकाअनुसार आन्दोलनको लागि देशभरबाट करिब पाँच लाख मानिस काठमाडौँ आउँदै छन्।
आन्दोलनको उद्घटना दिउँसो १२ बजे बल्खु चोकमा हुँदैछ। त्यसअघि देशभरबाट आएका मानिसहरूले काठमाडौँका विभिन्न स्थानहरूबाट र्याली निकाल्नेछन्। र, कार्यक्रमस्थल पुग्नेछन्।
कार्कीकाअनुसार एउटा र्याली भक्तपुरकाे गठ्ठाघरबाट सुरु भएर लाेकन्थली, जडीबुटी, काेटेश्वर, ग्वार्काे, सातदाेबाटाे, एकान्तकुना हुँदै बल्खु पुग्नेछ।
त्यस्तै, अर्काे र्याली गाेल्फुपाखाबाट सुरु भएर साेह्रखुट्टे, ढल्कु, कालीमाटी हुँदै बल्खु पुग्नेछ।
त्यस्तै, अर्काे र्याली कलंकीबाट सुरु भएर रविभवन, कालीमाटी हुँदै बल्खु पुग्नेछ।
त्यस्तै, अर्काे र्याली एकान्तकुनाबाट सुरु भएर नख्खुदाेबाटाे, धाेबीघाट हुँदै बल्खु पुग्नेछ।
त्यस्तै, अर्काे र्याली कीर्तिपुरबाट सुरु भएर बल्खु पुग्नेछ।
त्यस्तै, अर्काे र्याली गाैशालाबाट सुरु भएर मैतीदेवी, डिल्लीबजार, बागबजार, रत्नपार्क, सुन्धारा, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै बल्खु पुग्नेछ।
तीनकुनेमा एमालेनिकट युवा संघकाे विराेध प्रदर्शन
त्यस्तै, आजै नेकपा (एमाले) राष्ट्रिय युवा संघ नेपालले पनि तीनकुनेमा महंगी र भ्रष्टाचारविरुद्ध विराेध प्रदर्शन गर्दैछ। युवा संघले सरकारले महंगी नियन्त्रण गर्न नसकेकाे भन्दै दिउँसाे विराेध प्रदर्शन गर्न लागेकाे हाे।
यद्यपि, युवा संघकाे याे आन्दाेलनलाई दुर्गा प्रसाईंकाे आन्दाेलनविरुद्ध शक्ति प्रदर्शन रहेकाे दाबी गरिएकाे छ।
भीआइपी क्षेत्रमा निषेधज्ञा, अलर्ट प्रहरी
सरकारले दुई समूहबीचकाे छुट्टाछुट्टै आन्दाेलनकाे क्रममा हुन सक्ने दुर्घटना न्यूनिकरणकाे लागि काठमाडाैँका सबै क्षैत्रमा ठुला संख्यामा प्रहरी परिचालन गरेकाे छ।
आन्दाेलनअघि दुवै समूह आक्रामक रुपमा प्रस्तुत भएका कारण विवाद उत्पन्न हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडाैँले दुवै समूहकाे लागि छुट्टाछुट्टै रुट तय गरिदिएकाे छ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालयले अतिविशिष्ट क्षेत्रहरूमा निषेधाज्ञ जारी गरेकाे छ। काठमाडाैँकाे माइतीघरदेखि नयाँ बानेश्वरसम्म, सिंहदरबार क्षेत्र, राष्ट्रपति निवास आसपास, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा भेला तथा कार्यक्रम गर्न निषेध गरेकाे छ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि पुलचाेकस्थित युएन हाउस तथा मन्त्रिनिवास आसपासका क्षेत्रमा निषेधाज्ञ जारी गरेकाे छ। प्रहरीले काठमाडाैँ उपत्यका भित्रिने मुख्य नाकाहरूमा सुरक्षा जाँच कडा पारेकाे छ।
भने, सरकारले अत्यावश्यक कामबाहेक सवारी नगर्न सुझाव दिएकाे छ।