टिकटक प्रतिबन्धविरुद्ध १० रिट, मंसिर ४ गते सुनुवाइ हुने

नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन्।

मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध दायर गरिएको रिट निवदेन दायर गरिएको हो। रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ।

सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध १० वटा रिट निवेदन परेका छन् भने उक्त विवादको सुनुवाइ यही मङ्सिर ४ गतेका लागि तय गरिएको छ।

टिकटक प्रतिबन्ध विरुद्ध कानून व्यवसायीले चार आधार लिएका छन्- 

१. अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार
२. मनोगत निर्णय 
३. माध्यम होइन, सामग्रीमा बन्देज
कानूनी धरातल विना निर्णय

सरकारको उक्त निर्णयपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएपछि उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको हो।

सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2023-11-17 16:32:00

प्रतिकृया दिनुहोस्