बिएल संवाददाता
चार पटकसम्मको असफलतापछि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले इजराइल–हमास युद्ध सम्बन्धमा एक प्रस्ताव लैजानका लागि पाँचौँ पटक प्रयास गरिरहेको छ। यद्यपि, शब्दमा सहमति बनाउनका लागि गम्भीर मतभेदहरूलाई हटाउन सकिन्छ वा सकिँदैन त्यो हेर्न बाँकी छ।
वार्ताअन्तर्गत विद्यामान मस्यौदामा सर्वसाधारणलाई अतिआवश्यक सहायता प्रदान गर्नका लागि गाजापट्टीमा ‘तत्काल विस्तारित मानवीय बिराम’को माग गरिएको छ। मस्यौदामा सर्वसाधारणका लागि सुरक्षाको आवश्यकता भएको, बालबालिकाका लागि विशेष सुरक्षाको माग गरिएको र बन्धक बनाउने कार्यमा प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय मानवीय कानूनको पालन गर्न‘सबै पक्ष’लाई माग गरिएको छ।
तर, परिषद् सदस्य माल्टाले प्रस्ताव गरेको र एपीले मङ्गलबार प्राप्त गरेको मस्यौदामा युद्धविरामका बारेमा केही उल्लेख गरिएको छैन। मस्यौदाले इजराइलमाथि हमासले अक्टोबर ७ मा गरेको आश्चर्यजनक हमलाको पनि उल्लेख गरेको छैन।
अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने जिम्मेबारी पाएको १५ सदस्यीय परिषद् युद्ध सुरु भएपछि उसको आन्तरिक विभाजनका कारण निष्क्रिय भएको छ। यो तत्काल युद्धविराम चाहने चीन र रुस तथा मानवीय विरामको आह्वान गर्ने इजराइलको सबैभन्दा निकट सहयोगी अमेरिकाबीचको मामिला हो।
पछिल्ला चार प्रयासमा ब्राजिलले तयार गरेको प्रस्तावलाई अमेरिकाले भिटो लगाएको थियो। अमेरिकाले बनाएको प्रस्तावलाई रुस र चीनले भिटो लगाएका थिए। साथै रुसका दुई प्रस्तावले आवश्यक न्यूनतम नौ ‘हुन्छ’ भन्ने मत प्राप्त गर्न असफल भएका थिए।
परिषद्का थुप्रै कूटनीतिज्ञहरूले विपक्षी पक्षहरू नजिक आइरहेको बताएका छन्। दुई कूटनीतिज्ञले नयाँ मस्यौदामाथि बुधबार मतदान हुनसक्ने बताएका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया