दुबईमा सम्पन्न ‘तेस्रो पिआर दसैँ कप’को उपाधि रोयल गोर्खालाई

बडादसैँको अवसरमा युथ स्पोर्टिङ क्लबले दुबईमा आयोजना गरेको तेस्रो ‘पिआर दसैँ कप- २०२३’को उपाधि रोयल गोर्खा फुटबल क्लबले जितेको छ। शनिबार रोयल गोर्खा क्लब र लालिगुराँस क्लबबीच भएको फाइनल खेलमा रोयल गोर्खा १-० को गोल अन्तरले विजयी भएकाे हाे।

सन २०१९ मा स्थापना भएको युथ स्पोर्टिङ क्लबले आयोजना गर्ने दसैँ कपको यो तेस्रो संस्करण हो। यस पटकको प्रतियोगिता दुबईको ‘डल्सको स्पोर्ट्स कम्प्लेक्स’मा संचालन भएको थियो।

प्रतियोगितामा लालिगुराँस फुटबल क्लब उपविजेता बनेको छ। खेलमा अनुशासीत समूहको उपाधि युनाइटेड युथ क्लबले हात पारेको छ।

प्रतियोगितामा १६ समूहको सहभागिता रहेको थियो। विजेताले ट्रफी र प्रमाणपत्रसँगै ४ हजार २ सय दिराम र उपविजेताले २ हजार ८ सय दिराम (नेपाली रुपैयाँ करिब डेढ लाख र एक लाख) पुरस्कार पाएको छ।

यसैगरी प्रतियोगितामा रोयल गोर्खाका अनिश सर्वाेत्कृष्ट खेलाडी, लालिगुराँस फुटबल क्लबका विकास सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक रोयल गोर्खाका सुवास भएका छन्।

पिआर इन्टरटेन्मेन्टको मुख्य प्रायोजन रहेको प्रतियोगिता संचालन गर्न बिक्री इन्टरटेन्मेन्ट, परदेसी हातेमालो सहकारी, टप हिमालयन वाटर, ममता एण्ड मुक्ति, क्युटलुक ब्युटी पार्लर, सयपत्री स्टार रेस्टुरेन्ट, खेलप्रेमी राजु तिमल्सिनालगायतका संस्था र व्यक्तिले सहयोग गरेका थिए।

प्रकाशित मिति: : 2023-10-28 09:46:00

प्रतिकृया दिनुहोस्