बिएल संवाददाता
भक्तपुरको सल्लाघारीमा दसैँका लागि च्याङ्ग्रा, बोका, खसी लिनेको भीड लागेको छ।
दसैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौँ, काभ्रपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागेको छ।
आज फूलपातीका दिन सवारी साधनमा बलि दिनका लागि बोका लिन आउने र दसैँका लागि आवश्यक मासुका लागि च्याङ्ग्रादेखि खसी लिन आउनेको भीड लागेको छ।
दसैँका लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्राको मूल्य बढेपछि च्याङ्ग्राको बिक्री कम भएको छ। चीनबाट ल्याइएको चिनियाँ च्याङ्ग्राभन्दा नेपालका च्याङ्ग्रा प्रतिकिलो रु तीन सय ५० सस्तोमा बिक्री भइरहेको छ।
व्यापारी उद्धव खड्काले बझाङबाट ल्याएको नेपाली च्याङ्ग्रा प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको र चिनियाँ च्याङ्ग्रा प्रतिकिलो रु एक हजार तीन सय ५० मा बिक्री भइरहेको जानकारी दिएका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया