फिफा विश्वकप- २०२६ को पहिलो चरणको छनोटअन्तर्गत नेपाल र लाओसले १-१ काे बराबरीमा राेकिएका छन्।
दशरथ रगशालमा भएकाे खेलमा नेपालविरुद्ध लाओसले खेलकाे १३औँ मिनेटमा अग्रता लिएकाे थियाे। लाओसका लागि कप्तान बाउनचाे गाेल गरेका थिए।
यता नेपालका लागि अन्जन बिष्टले खेलकाे ४९औँ मिनेटमा गाेल गरेर खेललाई बराबरीमा लाए। यस गाेलसँगै उनले नेपालका पूर्वखेलाडी निराजन रायमाझी र हरि खड्काले गरेको १३ अन्तर्राष्ट्रिय गोल बराबरीमा ल्याएका छन्।
त्यस्तै दोस्रो प्रतिस्पर्धा भने नेपालले लाओससँग उसकै घरेलु मैदानमा यही असोज ३० गते गर्ने छ।
सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपमा पहिलोपटक ४८ राष्ट्र सहभागी हुने छन्।
एसियाबाट आठ देश छानिने छन्।