बिएल संवाददाता
हङकङ सिक्सेस प्रतियाेगितामा नेपालले अस्ट्रेलियालाई पराजित गरेकाे छ।
शनिबार बिहान भएकाे खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेकाे हाे। नेपालले दिएकाे ११२ रनकाे लक्ष्य पछाएकाे अस्ट्रेलियाले निर्धारित ६ ओभरमा १०० रन मात्रै बनायाे।
अस्ट्रेलियाका लागि ज्याक वूडले ५५ रन प्रहार गरे।
त्यसअघि पहिले ब्याटिङ गरेकाे नेपालले १११ रन प्रहार गरेकाे थियाे। त्यसक्रममा नेपालका सन्दीप जाेराले ५१ र लाेकेश बमले ३३ रन प्रहार गरेका थिए।
याे नेपालकाे लगातार दाेस्राे जित हाे। यसअघि नेपालले पहिलाे खेलमा इङ्ल्याण्डलाई हराएकाे थियाे।
नेपाल याे खेल अगावै क्वाटरफाइनलमा पुगिसकेकाे थियाे। नेपालले शनिबार नै सेमिफाइनल प्रवेशका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। खेल दिउँसो १:३५ बजे हुनेछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया