
बिएल संवाददाता
आइसिसी लिग- २अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल वर्षाका कारण रोकिएपछि अंक बाँडिएको छ।
सोमबार राति अमेरिकका सुरु भएको खेल वर्षाका प्रभावित बन्याे। नेपालले पहिलाे ब्याटिङ गरिरहेकाे खेलमा पहिलाे ओभरकाे खेल चलिहँदा वर्षा भएकाे थियाे। जतिबेला नेपालले २ रन बनाएर खेलिरहेकाे थियाे।
त्यसपछि वर्षा राेकियाे, र खेल फेरि सुचारु भयाे। खेल सुचारु भएर ६ ओभरसम्म पुग्दा पुन: वर्षा भयाे र खेल राेकियाे। जतिबेला नेपालले ६ ओभरमा १ विकेट गुमाएर २६ रन मात्रै बनाएकाे थियाे।
वर्षा नराेकिएपछि यहीबाट खेल स्थगित गरेर अंक बाँडिएकाे हाे। अंक बाँडिएपछि पनि नेपाल अंक तालिकामा यथावत स्थानमा नै रहेकाे छ। नेपाल ६ अंकसहित लिग- २ काे ७औँ स्थानमा रहेकाे छ।
अमेरिका भ्रमणमा स्कटल्याण्डविरुद्धकाे खेल अन्तिम थियाे। यद्यपि, याे खेलमा पनि नेपाल अंक बाँढ्न विवश भयाे।
याे सँगै अमेरिका भ्रमणमा नेपालले चारमध्ये १ खेलमा जित, २ खेलमा हार र एक खेलमा अंक बाँडेकाे छ।
याे सिरिजबाट नेपालले अंक तालिकामा सुधार ल्याउने अपेक्षा गरे पनि त्याे हुन सकेन।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया