बिएल संवाददाता
आइसिसी लिग- २अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल वर्षाका कारण रोकिएपछि अंक बाँडिएको छ।
सोमबार राति अमेरिकका सुरु भएको खेल वर्षाका प्रभावित बन्याे। नेपालले पहिलाे ब्याटिङ गरिरहेकाे खेलमा पहिलाे ओभरकाे खेल चलिहँदा वर्षा भएकाे थियाे। जतिबेला नेपालले २ रन बनाएर खेलिरहेकाे थियाे।
त्यसपछि वर्षा राेकियाे, र खेल फेरि सुचारु भयाे। खेल सुचारु भएर ६ ओभरसम्म पुग्दा पुन: वर्षा भयाे र खेल राेकियाे। जतिबेला नेपालले ६ ओभरमा १ विकेट गुमाएर २६ रन मात्रै बनाएकाे थियाे।
वर्षा नराेकिएपछि यहीबाट खेल स्थगित गरेर अंक बाँडिएकाे हाे। अंक बाँडिएपछि पनि नेपाल अंक तालिकामा यथावत स्थानमा नै रहेकाे छ। नेपाल ६ अंकसहित लिग- २ काे ७औँ स्थानमा रहेकाे छ।
अमेरिका भ्रमणमा स्कटल्याण्डविरुद्धकाे खेल अन्तिम थियाे। यद्यपि, याे खेलमा पनि नेपाल अंक बाँढ्न विवश भयाे।
याे सँगै अमेरिका भ्रमणमा नेपालले चारमध्ये १ खेलमा जित, २ खेलमा हार र एक खेलमा अंक बाँडेकाे छ।
याे सिरिजबाट नेपालले अंक तालिकामा सुधार ल्याउने अपेक्षा गरे पनि त्याे हुन सकेन।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया