इजरायलमा मृत्यु हुनेको संख्या १२ सय पुग्यो, अधिकांश सर्वसाधारण

Photo by MOHAMMED ABED / AFP
Photo by MOHAMMED ABED / AFP

इजरायल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजरायलीहरूको मृत्यु भएको इजरायलको प्रतिरक्षा फौज (आइडीएफ)का प्रवक्ताले बुधबार बताएका छन्।

‘मृत्यु हुनेको सङ्ख्या एक हजार दुई सय पुगेको छ’, आइडीएफका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कन्रिकसले एक भिडियो मेसेजमा भने। उनले मारिनेहरूमा अधिकांश सर्वसाधारण रहेको जानकारी दिए।

यसैबीच इजरायलले गाजापट्टीमा रातभर गरेको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको र सयौँ घाइते भएको हमास सरकारका एक अधिकारीले बुधबार बताएका छन्।

हमास सरकारको सञ्चार कार्यालयका प्रमुख सलमा मरुफले इजरायली हमलामा दर्जनौँ आवासीय भवन, कारखाना, मस्जिद र पसलहरू प्रभावित भएको एएफपीलाई जानकारी दिए।

इजरायली सेनाले रातको समयमा हमासका थुप्रै लक्ष्यमा आक्रमण गरेको पुष्टि गरेको छ।

प्रकाशित मिति: : 2023-10-11 13:19:00

प्रतिकृया दिनुहोस्