इजरायलबाट घर फर्किन २०० बढीको आवेदन

बेपत्ता एक जना अझै भेटिएनन्

युद्धग्रस्त क्षेत्र इजरायलबाट स्वदेश फर्किन २०० बढी नेपालीको आवेदन परेको छ। स्वदेश फिर्तीका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका गरिएकोमा २०० बढीको आवेदन परेको नेपाली दूतावासले जनाएको छ। 

यसैबीच इजरायल आक्रमणमा बेपत्ता भएका एक जना नेपाली अझै भेटिएका छैनन्। उनको खोजी भइरहेको भएपनि सोमबारसम्म अवस्था अज्ञात रहेको दूतावासले विज्ञप्ति मार्फत जनाएको छ।

आक्रमणमा परी घाइते भएका चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुई जनालाई तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइएको दूतावासको भनाइ छ।

इजरालयमा भएको आक्रमणमा परी मृत्यु भएको नेपाली १० विद्यार्थीको शव फिर्ता गर्नका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको छ। 

शनिबार बिहान प्यालेस्टाइनी समूह हमासले इजरायलमाथि आक्रमण गरेको थियो। त्यसको जवाफी कार्वाहीमा इजरायल पनि उत्रिएको छ। दुई पक्षको भिडन्तमा परी ११ सय बढी मानिसको मृत्यु भइसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यममा खबर छ।
 

प्रकाशित मिति: : 2023-10-09 19:30:00

प्रतिकृया दिनुहोस्