प्रधानमन्त्रीले हिंसाको सम्झनामा उत्सव मनाउनुभयो: केपी ओली

File Photo
File Photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनका लागि आफूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत सबैसँग हात जोडेर अपिल गर्दा पनि नमानेको बताएका छन्।

मंगलबारको संसद बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री आफैँले फेरि शान्ति भड्काउने र युद्धका घाउ उप्काउने काममा तत्लीन भएको बताए।

‘प्रधानमन्त्री शान्ति प्रक्रियाको टुङ्गो होइन, युद्धको सुरुवात गर्न चाहनुभएको छ। हिजाेका कुरा बिर्सिएर मेलमिलाप गरेर अघि बढाउनुपर्नेमा, युद्धलाई उत्सवका रुपमा मनाउन थालियो। हिंसाको सुरुवातलाई उत्सव मनाइयो। भोज गर, मोज गर उत्साव मनाऔं भनेर बिदा दिनुभयो’, उनले भने, ‘हिंसाको सम्झनामा उत्सव मनाउने काम तुरन्त बन्द गरौँ। हामीले हिंसालाई उत्सव मान्दैनौँ।’

उनले शान्ति प्रक्रिया टुङ्ग्याउनका लागि आफूले प्रयास गरेको र जस लिने होडमा त्यसलाई टुङ्ग्याउन नचाहेको पनि बताए। ‘शान्ति प्रक्रियाको कुरालाई सत्ताको भर्‍याङ बनाउने प्रयास गरिएको छ’, उनले भने, ‘जसको ताज लगाउने होड चलेको छ।’

प्रकाशित मिति: : 2023-10-03 14:14:00

प्रतिकृया दिनुहोस्