स्थानीय तहमा व्याप्त भ्रष्टाचार भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनअनुसार स्थानीय तहमा भ्रष्टाचार व्याप्त भएको पाइएको हो।
आयोगमा वर्ष दिनमा परेको २८ हजार ६७ मुद्धा मध्ये सबै भन्दा धेरै स्थानीय तहका रहेका छन्। जुन मुद्धा मध्ये स्थानीय तहका ३५ दशमलव ९५ प्रतिशत रहेको छ।
स्थानीय तहपछि शिक्षा क्षेत्रमा पनि भ्रष्टाचार व्याप्त भएको पाइएको छ। कुल मुद्धा मध्ये शिक्षा क्षेत्रमा १४ दशमलव ५५ प्रतिशत शिक्षा शिक्षाको रहेको आयोगको प्रतिवदेनमा छ।
यसैगरी भुमि प्रशासनतर्फ ६ दशमलव ०९, वन तथा वातावरणतर्फ ४ दशमलव १४, स्वास्थ्य तथा जनसख्यतर्फ ३ दशमलव १२ भौतिक पूर्वाधार तथा यातायाततर्फ ४ दशमलव १०, गृहप्रशासनतर्फ ३ दशमलव ५८ प्रतिशत मुद्धा रहेका छन्।
यस्तै पर्यटनतर्फ २ दशमलव ७१, उर्जातर्फ २ दशमलव ५८, खानेपानीतर्फ २ दशमलव ५१, अर्थतर्फ १ दशमलव ८९, कृषिमा १ दशमलव ५२, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तर्फ १ दशमलव ०३ प्रतिशत मुद्धा अख्तियारमा परेको छ।
नक्कली शैक्षिक प्रमाणपत्रका उजुरी धेरै रहेको छ। जुन मन्त्रालय भएको भ्रष्टाचार भन्दा नक्कली शैक्षिक प्रमाण पत्रका मुद्धा धेरै अख्तियारमा परेको छ। कुल मुद्धा मध्ये शैक्षिक प्रमाणपत्रका ६ दशमलव ०२ प्रतिशत रहेको छ।
गैरकानुनी सम्पति आर्जन गरेको ७ दशमलव १२ प्रतिशत रहेको छ। अन्य क्षेत्रसँग सम्बन्धीत उजुरी ३ दशमलव ०९ प्रतशित रहेको आयोगले जनाएको छ।