केही दिनअघि अस्ट्रेलिया प्रस्थान गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्डर विमल घर्ती मगर नेपाल सुपर लिग (एनएसएल) खेल्न नेपाल फर्किने भएका छन्।
फुटबल क्लब (एफसी) चितवनले उनलाई आइकोनिक खेलाडीको रूपमा अनुबन्ध गरेको छ। यसअघि उनलाई ललितपुर सिटी एफसीले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको थियो। तर उनले उक्त सम्झौता रद्द गरेर अस्ट्रेलिया प्रस्थान गरेका थिए।
मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेल काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामबीच हुनेछ। यस पटकको दोस्रो संस्करणमा ९ टोलीले सहभागिता जनाउँदैछ।