काठमाडौँ मेडिकल कलेजका डाक्टरमाथि हातपात, दुई जना पक्राउ

सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका डाक्टरमाथि हातपात भएकाे छ।

आइतबार दिउँसो साे अस्पतालका इन्टर्न डाक्टर मनिष खड्कामाथि बिरामीका आफन्तले हातपात गरेका हुन्।

बिरामीलाई समयमा चेकजाँच नगरेको आरोप लगाउँदै आफन्तले खड्कामाथि आक्रमण गरेको अस्पतालले जनाएकाे छ।

डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चाबहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतम रहेका छन्।

पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएकाे छ।

यता, खड्कामाथि हातपात भएको विरोधमा केएमसीका चिकित्सक, स्वास्थ्यकर्मीहरूले अस्पताल अगाडि धर्ना दिएका छन्।

प्रकाशित मिति: : 2023-10-01 15:49:00

प्रतिकृया दिनुहोस्