सिंहदरबारमा काटियाे बिजुली, सेवाग्राही मूल गेडमा अड्किए

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा बिजुली काटिएपछि समस्या सेवाग्राहीको काम प्रभावित भएका छन्।

सिंहदरबार प्रवेशको लागि अनुमतिपत्र (पास) वितरण गर्ने कार्यालयमा बिजुली काटिएपछि त्यहाँ आएका सेवाग्राही प्रभावित भएका हुन्।

करिब एक घण्टादेखि बिजुली काटिएपछि पास वितरण गर्ने कार्यालको काम ठप्प हुँदा सेवाग्राही मूलद्वारमै रोकिएका छन्। अहिले करिब एक सय सेवाग्राही मूलद्वारामा अलपत्र परेका छन्।

एक घण्टादेखि बिजुली काटिएर काम प्रभावित भए पनि त्यसकाे विकल्पबारे कुनै काम भएकाे छैन्।

प्रकाशित मिति: : 2023-10-01 12:19:00

प्रतिकृया दिनुहोस्