चीनमा जारी १९औँ एसियाली खेलकुदमा महिला ह्यान्डबल अन्तर्गत नेपालले आफनो यात्रा समाप्त गरेको छ।
शनिबार भएको समूहको अन्तिम खेलमा भारतसँग ४४–१९ ले पराजित भएपछि नेपालको यात्रा समाप्त भएको हो। नेपालका लागि कप्तान वन्दना राईले ७, उमा राईले ६, कल्पना सिन्जाली र आइत लोमु शेर्पाले समान २–२ तथा सम्झना कुमाल र रामकुमारी चौधरीले समान १–१ गोल गरे।
नेपालले समूह चरणको पहिलो खेलमा चीनसँग ५७–१० तथा जापानसँग ६२–१० ले पराजित भएको थियो।