अस्पतालकाे सेवा बन्द गरेर डाक्टरहरू सडकमा, भन्छन्- कुटाइ खाने कहिलेसम्म?

आफूहरूमाथि श्रृंखलावद्ध आक्रमण हुन थाले भन्दै चिकित्सकहरू आन्दोलित भएका छन्।

साेमबार पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएपछि उनीहरूले सुरक्षा माग्दै मंगलबार काठमाडौँको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन्।

चिकित्सकमाथि भएकाे कुटपिटकाे विराेधमा उनीहरू अस्पतालकाे आकस्मिकबाहेकका सेवाहरू बन्द गरेर सडकमा उत्रिएका हुन्।

चिकित्सहरूले आफूहरूले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।

उनीहरूले ‘स्वास्थ्य ऐन यथाशिध्र लागू गर, कुटाइ खाने कहिलेसम्म?, डाक्टर कुट्न पाइँदैन, नेताले गफ चुट्ने बिरामी डाक्टर कुट्ने, विदेश पलायन हुन बाध्य नपार’ लगायतका नारा लगाएका छन्।

प्रकाशित मिति: : 2023-09-26 17:00:00

प्रतिकृया दिनुहोस्