मङ्गलबार, १६ डिसेम्बर २०२५

अस्पतालको दैलो बन्द हुँदा अँधेरिएका बिरामीहरु (तस्बिरहरु)

मिनु गोले

मिनु गोले

काठमाडौं
News Image
• • •

हेटौँडामा बिरामीका आफन्तले चिकित्सकमाथि गरेको आक्रमणको विरोधमा आज (आइतबार) चिकित्सकहरुले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवाहरु बन्द गरेका छन्।

चिकित्सकहरु आन्दोलित हुँदा बिहानैदेखि अस्पतालको दैलोमा आएका बिरामीहरु भने निराश बनेर शरीरको पीडा च्यापेर घर फर्किन बाध्य भएका छन्।

काठमाडौँको वीर अस्पतालमा पनि बिहानदेखि आएका बिरामीहरु अलपत्र परेका छन्। उपचार पाइएला र ज्यान शीतल होला भनेर देशका विभिन्न ठाउँहरुबाट बिरामीहरु वीर अस्पतालको आँगनमा चिकित्सकहरुले लगाएको खरा नाराबाजी सुनेर अमिलिएका छन्।

तस्बिरहरु:

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!