‘सरकारले हामीलाई अस्पताल बन्द गर्न बाध्य बनायो’ (भिडियाे)

BreaknLinks
BreaknLinks

देशभरका अस्पताल बन्द गरेर डाक्टरहरु आन्दोलनमा उत्रिएका छन्। यही भदौ २७ गते सन्चो अस्पताल हेटौँडाका दुई जना डाक्टरमाथि कुटपिट भएको थियो। त्यही घटनालाई लिएर चिकित्सक संघको आह्वानमा डाक्टरहरुले अस्पतालमा सेवा ठप्प पार्दै आन्दोलनमा उत्रिएका हुन्। 

हामी भगवान होइनौँ केवल इमान्दार प्रयास मात्र गर्न सक्छौँ, हिंसा समस्या हो समाधान होइन, सम्बृद्धिको आशै छैन, सुरक्षा त देउ भन्दै डाक्टरहरु हातमा कालो पट्टी बाँधेर आन्दोलन गरेका छन्। 

सरकारी लगानीको सबैभन्दा ठुलो काठमाडौंस्थित वीर अस्पतालमा पनि आकस्मिकबाहेकका सेवा ठप्प पारेर डाक्टरहरु अस्पतालबाहिर आन्दोलित छन्। उनीहरुले आफुहरुलाई काम गर्ने वातावरण नभएको बताएका छन्। 

वीर अस्पतालका डा. अनिश झाले सरकारले आफ्नो माग सुनाइ नगरेका कारण अस्पताल बन्द गर्नुपर्ने अवस्था आएको बताए। ‘अस्पताल बन्द नगरेको भएपनि हुन्थ्यो भन्ने छ। तर त्यस्तो होइन। यो डाक्टर कुट्ने, अस्पताल बन्द गर्ने घटना पहिलो होइन,’ उनले भने, ‘सरकारलाई बारम्बार भन्दा पनि हामीले काम गर्ने वातावरण भएन। हाम्रो सुरक्षाका लागि आज अस्पताल बन्द गर्नु परेको हो।’

डा. झाले नेपालमा काम गर्ने वातावरण नभएको भन्दै आफुहरुको सुरक्षा ग्यारेन्टी नभएसम्म काममा फर्कन नसक्ने बताए। 

प्रकाशित मिति: : 2023-09-17 09:31:00

प्रतिकृया दिनुहोस्