बिएल संवाददाता
सुरक्षाको माग गर्दै आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेर डाक्टरहरु आन्दोलनमा उत्रिएका छन्।
यही भदौ २७ गते सन्चो अस्पताल हेटौँडाका दुई जना चिकित्सकमाथि कुटपिट भएको थियो। त्यही घटनालाई लिएर चिकित्सक संघको आह्वानमा डाक्टरहरुले अस्पतालमा सेवा ठप्प पारेका छन्।
आन्दोलनरत डाक्टरहरुले हामी भगवान होइनौँ केवल इमान्दार प्रयास मात्र गर्न सक्छौँ, हिंसा समस्या हो समाधान होइन, सम्बृद्धिको आशै छैन, सुरक्षा त देउ, होइन भने सेतो कोट र स्टेथेस्कोप तिमी नै लेउलगायतको नारा लेखेको प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका छन्।
सँगै देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द हुँदा नागरिक भने मारमा परेका छन्। टाढा–टाढाबाट अस्पतालमा आएका नागरिक मारमा परेका हुन्। नागरिकहरुले अस्पतालमा बन्द भएपछि डाक्टरमाथि आक्रोश व्यक्त गरेका छन्।







न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया