बुधबार, १७ डिसेम्बर २०२५

एमाले सञ्चालनमा ओलीको विरोधाभास : जसो अनुकूल, उसै विधि

अनलाइनखबर

अनलाइनखबर

काठमाडौं
News Image
• • •

लुम्बिनी प्रदेशको नेतृत्व मतदानबाट चयन भएपछि नेकपा एमालेका नेताहरूको लगभग साझा बुझाइ छ, अब बाँकी प्रदेशको नेतृत्व पनि सहमतिमा टुंग्याउन सजिलो छैन।

आकांक्षी नेता धेरै हुनु र पार्टीभित्र अन्तरसंघर्ष बढ्दै गएकाले लुम्बिनी अधिवेशनको असर अरू प्रदेशमा देखिने उनीहरूको बुझाइ छ। ‘मधेश र उपत्यका विशेष प्रदेश कमिटीमा तुलनात्मक कम प्रतिस्पर्धा होला। अरू प्रदेशमा मतदान हुने सम्भावना छ’, एक नेता भन्छन्।

यो बुझेरै अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी अधिवेशनबाट (१६–१७ भदौमा सम्पन्न) सर्वसहमत नेतृत्व चयन गर्न चाहेका थिए। अधिवेशन उद्घाटन गर्दै ओलीले लुम्बिनीबाट सर्वसहमत नेतृत्व चयनको सन्देश दिन आह्वान पनि गरे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!