‘लाखौँ खर्च गरेर नर्स बनेकाहरुको तलब १४–१५ हजार हुन्छ अनि विदेश नगएर कहाँ जान्छन् त ?’

नेपाली काँग्रेसका सांसद डा.चन्द्र भण्डारीले उचित व्यवस्थापनको अभावमा नेपाली स्वास्थ्यकर्मीहरु विदेश पलायन भइरहेको बताएका छन्। शुक्रबार सिंहदरबारमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भण्डारीले यस्तो बताएका हुन्।

सांसद भण्डारीले देशमा व्यवस्थापन राम्रो नहुँदा युवाहरु विदेशिने गरेको उल्लेख गरे। ‘एमफिल गरेर युवा देशमा बस्ने अवस्था छैन,’ सांसद भण्डारीले भने, ‘नर्सहरुलाई पढ्न लाखौँ खर्च हुन्छ तर तलब १४–१५ हजार। उनीहरु विदेश नगएर कहाँ जान्छन् त ?’

युवाको बढ्दो विदेश पलायनको कारण देशमा दक्ष जनशक्तिको अभाव भइरहेका उनको भनाइ छ।

उनले युवालाई स्वदेशमा काम गर्ने वातावरण सिर्जना गर्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए।

प्रकाशित मिति: : 2023-09-08 15:53:00

प्रतिकृया दिनुहोस्