बारामा नौ सय साना उद्योग दर्ता, २५९ उद्योग बन्द 

तस्बिर : गुगल

बारामा गएको आर्थिक वर्षमा नौ सय घरेलु तथा साना उद्योग दर्ता भएको छन्। आर्थिक वर्ष २०७९/८० मा ८९९ घरेलु तथा साना उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धर्मेन्द्रलाल कर्णले बताए।

उनले यस आर्थिक वर्षमा २५९ वटा साना उद्योग बन्द भएका छन्। यी उद्योगको दर्ता खारेज गरिएको कर्णले जानकारी दिए। ८९९ घरेलु तथा साना उद्योग दर्ता र ८०६ वटा उद्योग नवीकरण गर्दा कूल १ करोड ३४ लाख ३५ हजार ७ सय ३० रुपैयाँ राजस्व सङ्कलन भएको छ। 

गत आर्थिक वर्ष  साना घरेलु उद्योग ९८, वाणिज्यतर्फ (पसल) एक सय ६१ समेत गरी २५९ वटा साना उद्योग बन्द भएको छ। चालु आर्थिक वर्ष दर्ता गरिएका उद्योगमा उत्पादनमूलक १३८, कृषि तथा वाणिज्य ४७१, सेवामूलक २८२, पर्यटन ४२ र अन्य ४ वटा गरी  जम्मा ८९९ उद्योग दर्ता भएका छन्।

ती  उद्योगमा ४ हजार ४४४ जनाले रोजगार पाएको कर्णले बताए। हालसम्म दर्ता रहेका आठ सय ६६ वटा र नवीकरण भएका एक हजार ५८ वटा उद्योगसहित कूल एक हजार नौ सय ३४ वटा उद्योग सञ्चालनमा रहेको छ । 

आव २०७८÷७९ मा महिला ८ सय १० र पुरुष नौ सय ५६ उद्यमी रहेको उद्योगमा महिला तीन हजार एक सय ६८ पुरुष सात हजार नौ सय ४६ समेत गरी ११ हजार एक सय १४ जनाले रोजगार पाएका थिए। 
 

प्रकाशित मिति: : 2023-08-30 19:25:00

प्रतिकृया दिनुहोस्