ललिता निवास जग्गा प्रकरणमा ४ पूर्वमन्त्री, बहालवाला सञ्चार सचिव कृष्णबहादुर राउतसहित २९० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हाे। उनीहरूमाथि किर्तेमा मुद्दा दायर भएको अदालत स्राेतले जनाएकाे छ।
तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ तथा तत्कालीन भौतिक पूर्वाधार राज्यमन्त्री सञ्जय साहलाई प्रतिवादी बनाइएको छ।
पूर्वनिर्वाचन आयुक्त सुधीर शाहविरुद्ध भने मुद्दा चलाइएको छैन। शाहको प्रत्यक्ष संलग्नता नदेखिएकाले प्रतिवादी नबनाइएको सरकारी वकिलको कार्यालयले जनाएकाे छ।