क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दाकी पीडित किशोरी ‘गौशाला २६’ ले आत्महत्या प्रयास गरेकी छिन्।
उनले चिकित्सकले प्रेस्क्राइब गरेको औषधि धेरै सेवन गरेर आत्महत्याकाे प्रयास गरेकी हुन्।
उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएकाे छ।
मनोचिकित्सकको परामर्शमा रहेकी गौशाला २६ लाई चिकित्सकले उपचारको क्रममा औषधि प्रेस्क्राइब गरेका थिए। साेही औषधि धेरै सेवन गरेर आत्महत्या प्रयास गरेकाे बुझिएकाे छ।
जिल्ला अदालतले क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको आइतबार अन्तिम सुनुवाइको पेशी तोकेको छ।
मुद्दाको फैसला हुने पेशी तोकिएको एक दिनअघि गौशाला २६ ले आत्महत्याको प्रयास गरेकी हुन्।
गतवर्ष भदौमा उनले आफूलाई क्रिकेटर लामिछानेले बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन्।