कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
मुख्यमन्त्री थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै बुधबार एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्।
नेता कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, विश्वास मत लिँदा प्रदेशसभाकाे अध्यक्षता गर्ने इस्राइल मन्सुरी, गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई विपक्ष बनाएर रिट दर्ता गरेका हुन्।
उनले नेपालको संविधानको धारा १३३ (२), (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशको माग गरेका छन्।