ललितानिवास जग्गा प्रकरण : पूर्वमुख्यसचिव पौड्यालसँग सिआइबीले लियो बयान, पूर्वप्रधानमन्त्रीद्वयसँग पनि लिने तयारी

ललितानिवास क्याम्पस्थित समरजंग कम्पनीको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लैजान मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने नेपाल सरकारका तत्कालीन मुख्यसचिव लीलामणि पौड्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बयान लिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतका अनुसार पूर्वराजदूतसमेत रहेका पौड्यालसँग सिआइबीले आइतबार दिउँसोदेखि बेलुकासम्म सिआइबी कार्यालयमै बयान लिएको हो । 

बयानका क्रममा पौड्यालले समरजंग कम्पनीको जग्गा नक्कली मोही खडा गरी वितरण गर्ने कार्यमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । उनले तत्कालीन भूमिसुधार मन्त्रालयले तयार गरेको प्रस्ताव तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनपछि मन्त्रिपरिषद् बैठकको कार्यसूचीमा पेस मात्रै गरेको सिआइबीलाई बयान दिएका छन् । बयानमा उनले भनेका छन्, ‘तत्कालीन भूमिसुधार मन्त्रालयले प्रस्ताव तयार गरेको थियो । प्रधानमन्त्रीको निर्देशनअनुसार सोही प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस मात्रै गरेको हुँ । गुठीमा नक्कली मोही खडा गरी जग्गा वितरण गर्ने कार्यमा मेरो संलग्नता छैन ।’

प्रकाशित मिति: : 2023-08-15 08:12:00

प्रतिकृया दिनुहोस्