एमालेकाे अवराेधका कारण संसद बैठक स्थगित

File Photo
File Photo

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध गरेपछि स्थगित भएको छ।

प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदले उठेर अवरोध गरेपछि बैठक स्थगित भएकाे हाे।

नेकपा (एमाले) का सांसद मानवीर राईले बैठकको सुरुमै बोल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ भएको भन्दै उक्त प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै सदन अवरुद्ध कायम रहेको बताएका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले सदनको नियमित कारबाही अघि बढाउन पटक–पटक आग्रह गर्दा एमालेका सांसद्हरुले नारावाजी जारी राखेपछि बैठक स्थगित भएको हो।

एमाले सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद चल्न नदिने चेतावनी दिएकाे छ।

एमालेको निरन्तर नाराबाजी र विरोधका कारण सदन चल्न नसकेको पछि सभामुख घिमिरेले बैठक स्थगित भएको जानकारी गराए।

प्रतिनिधिसभाको अर्को भदाै ३ गते आइतबार १ बजे बस्नेछ।

प्रकाशित मिति: : 2023-08-14 15:14:00

प्रतिकृया दिनुहोस्