एमालेलाई सरकारको चिन्ता छैन, तर सरकारमा जाँदैन भनेर ढुक्क नभए हुन्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारको भन्दा देशको चिन्ता रहेको बताएका छन्।

आइतबार केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उनले अहिले देशको स्थिति सुधार्नका लागि एमाले लागिरहेको भन्दै सरकारको खासै चिन्ता नभएको बताएका हुन्।

‘नेकपा एमालेलाई सरकारको चिन्ता होइन, देशको चिन्ता छ’, उनले भने ‘तर यहाँ त एमाले सरकारमा गइहाल्छ कि, जान्छ कि जान्न भन्ने प्रचार गर्न थालिएको छ।’

अहिले एमालेलाई सत्ताको लोभ नभएपनि एमाले सरकारमा जाँदैन भनेर ढुक्न नबस्न पनि चेतावनी दिए। उनले भने, ‘यति भन्दैगर्दा फेरि एमाले त सरकारमा जाँदैन वा केही गर्दैन भनेर ढुक्क नभए हुन्छ। हामीले जे पायो त्यही गर्न दिँदैनौं।’

उनले एमालेले आफ्नो लागि भन्दा पनि देशकै सरोकारका लागि संसदमा विरोध जनाएको बताए।

‘यो पार्टीको मात्रै कुरा होइन, देशकै सरोकारको कुरा हो। त्यसैले संसद हामीले अवरुद्ध गरेको होइन। सरकारको लाचारी र बदमासीका विरूद्धमा हामी उभिएका हौं’, उनले भने।

प्रकाशित मिति: : 2023-08-13 13:46:00

प्रतिकृया दिनुहोस्