युक्रेनले लडाइँ क्षेत्रमा आफ्नो घरेलु निर्मित नयाँ टोही ड्रोनको परीक्षण सुरु गरेको छ। युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले मङ्गलबार टेलिग्राममा सो बारे जनाकारी सार्वजनिक गरेको छ।
स्पाइगन नामक यो ड्रोनको उडान सहनशीलता १२०–१६० मिनेट र अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ।
पचास किलोमिटरको उडान दायरा र एक हजार ५०० मिटरको उचाइ सीमा भएको ड्रोनमा फोटो र भिडियोका लागि दुईवटा क्यामेरा र टेक–अफ पोइन्टमा स्वतः फर्कने प्रणाली जडान गरिएको छ।