माओवादी केन्द्रले केन्द्रीय समितिकाे आकार बढाएकाे छ।
माओवादीकाे शुक्रबार बसेकाे स्थायी कमिटी बैठकले २२ जना महिला सदस्य थप गरेर ४ सय ७ जनाकाे केन्द्रीय समिति बनाएकाे केन्द्रीय सदस्य लक्ष्मी चाैलागाईंले जानकारी दिए। थपिएका सदस्यहरू आजदेखि केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका छन्।
याे सँगै माओवादीकाे केन्द्रीय समितिमा महिलाकाे संख्या ३५ प्रतिशत पुगेकाे छ। २०७८ पुसमा सम्पन्न नवौँ महाधिवेशनले केन्द्रीय कमिटीमा महिलाको संख्या ३५ प्रतिशत पुर्याउने निर्णय गरे पनि हालसम्म कार्यान्वयन भएको थिएन।
बुधबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्ने सांगठनिक प्रतिवेदनमा ३५ प्रतिशत महिला पुर्याउन २२ जना थप्ने प्रस्ताव गरिएको थियो।
यी हुन्, केन्द्रीय सदस्यका २२ नयाँ नाम:
१. आङदावा शेर्पा
२. इन्दिरा अधिकारी
३. उमा कपाली
४. उर्मिला विक
५. गंगा खड्का
६. गीताकुमारी कँडेल (चौलागाईं)
७. गीता शाही
८. छमकुमारी खनाल
९. दिलमाया बुढामगर
१०.नीरमाया श्रीस
११. नीशा न्यौपाने
१२. पार्वती थापा
१३. भगवती तिवारी
१४. मोतिकला चलाउने
१५. लालकुमारी पुन
१६. लिला शर्मा
१७. सपना परियार
१८. सीता दाहाल
१९. सुशीला घिमिरे
२०. सुशीला पौडल
२१. सूर्यकुमारी विक
२२. शरू चौधरी