सरकारलाई प्रचण्डको प्रश्न– भुटानी शरणार्थी काण्ड कहाँ पुग्यो?

Break n Links
Break n Links

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरु कहाँ पुगे भनेर सरकारलाई प्रश्न गरेका छन्।

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन उनले यस्तो प्रश्न गरेका हुन्।

उनले नक्कली भूटानी शरणार्थी बाँसबारी, गिरिबन्धु, बालमन्दिर लगायतका काण्ड कहाँ पुगे भनेर प्रश्न गर्दै उनले भने, ‘यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो।’

आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले आफूलाई सच्याउन आग्रह गरे। ‘नत्र संसद र सडकमा तपाईंहरुले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको तपाईंहरुले कल्पना गर्नुभएको छैन’, अध्यक्ष प्रचण्डले भने, ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महंगो पर्ने छ।’

प्रकाशित मिति: : 2024-10-26 16:21:00

प्रतिकृया दिनुहोस्